ad ad

समाज


कोरोनाविरुद्धको खोप निर्माणमा अर्को सफलता, अक्सफोर्डको खोपले ७० प्रतिशतलाई सुरक्षा दिने

कोरोनाविरुद्धको खोप निर्माणमा अर्को सफलता, अक्सफोर्डको खोपले ७० प्रतिशतलाई सुरक्षा दिने

नेपालखबर
मंसिर ८, २०७७ सोमबार ८:५४,

औषधि निर्माता कम्पनी फाइजर र मोडेर्नाको खोप कोरोनाबाट जोगाउन ९५ प्रतिशत प्रभावकारी भएको बताइएको केही समयमै अक्सफोर्डले आफ्नो खोपले ७० प्रतिशत मानिसलाई सुरक्षा प्रदान गर्ने बताएको हो।

यस खोपले कोभिडको लक्षण बन्न नदिन एउटा ठूलो परीक्षणले देखाएको हो।

अक्सफर्डको खोप अन्यभन्दा धेरै सस्तो हुने र सजिलै भण्डारण गर्न सकिने तथा संसारमा जहाँ पनि सहज रूपमा लैजान सकिने बीबीसीले जनाएको छ।

नियामक निकायबाट प्रयोग गर्न अनुमति प्राप्त भएमा यो खोपले कोरोनाभाइरसको वैश्विक महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

खोप विकासका लागि प्रायः एक दशक लाग्ने प्रक्रिया अक्सफोर्डका वैज्ञाननिकहरूले १० महिनामा सम्पन्न गरेका थिए।

बेलायत सरकारले अक्सफोर्ड खोपको १० करोड डोज लिने बताइसकेको छ। त्यो परिमाणको खोप पाँच करोड मानिन्छलाई पर्याप्त छ।

यो खोप परीक्षणमा २०,००० स्वयंसेवकहरू सहभागी भएका थिए। तीमध्ये आधाभन्दा बढी यूकेमा र बाँकी ब्रजिलमा थिए। बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .