ad ad

समाज


ग्लोकल टीन हिरो अन्तर्गत उत्कृष्ट २० किशोर किशोरीको सूची सार्वजनिक

ग्लोकल टीन हिरो अन्तर्गत उत्कृष्ट २० किशोर किशोरीको सूची सार्वजनिक

नेपालखबर
मंसिर ७, २०७७ आइतबार ९:३४,

ग्लोकल प्राली र वाईवाईको संयुक्त आयोजनामा नेपालका २० वर्षभन्दा कम उमेरका २० उत्कृष्ट किशोरकिशोरीहरुको सूची सार्वजनिक गरिएको छ।

२० वर्षभन्दा कम उमेरका २० नेपाली प्रतिभाशाली किशोर किशोरीहरुको यस बर्षको ग्लोकल २० अन्डर २० को सुची सार्वजनिक गरिएको आयोजकले जनाएका छन्।

ती किशोरकिशोरीहरु समाजसेवा, बालअधिकार, खेलकुद, कृषि, मिडिया, पत्रकारिता, विज्ञान, प्रविधि र उद्यमशीलता, बातावरण संरक्षणजस्ता विविध क्षेत्रमा काम गरेर सकारात्मक सन्देश प्रवाह गरेको जनाइएको छ। समाजमा रहेका असाधारण युवाहरुको पहिचान र सम्मान गर्दै यस उपाधिको माध्यमबाट उनीहरुलाई थप प्रोत्साहन गरी उनीहरुलाई संसारमाझ चिनाएर अरु किशोरकिशोरीहरुलाई प्रेरणा दिलाउनु पनि यस कार्यक्रमको महत्वपूर्ण उदेश्य रहेको छ।

आयोजकका अनुसार हाल कोभिडको प्रभावका कारण यस वर्ष डिसेम्बर १२, २०२० मा अन्लाइन अवार्ड कार्यक्रम र सम्मेलन मार्फत पुरस्कृत हुनेछन् भने सोही दिन वाई वाई ग्लोकल टिन हिरो नेपाल बिजेताको नाम पनि घोषणा गरिनेछ।

सेप्टेम्बर १ गतेका दिन वाई वाइ ग्लोकल टीन हिरो नेपालको आवेदन आह्वान घोषणा मार्फत आवेदनको अन्तिम मिती नोवेम्बर १४ भनी तोकिएको थियो। आवेदनको समय समाप्त भएपछी, प्राप्त आवेदनबाट उत्कृष्ट २० छनोट गरिएको छ जस्लाई ग्लोकल २० अन्डर २० भनी पहिचान गरिएको छ। किशोरकिशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई वाई ग्लोकल टिन हिरो नेपालको यो छैठौं संस्करण हो।

ग्लोकल प्रालीका कार्यकारी निर्देशक आशिष ठाकुर भन्छन्, ‘नेपालभरीबाट बिभिन्न क्षेत्रमा सकृय रुपमा काम गर्दै आएका यि प्रतिभाशाली किशोरकिशोरीहरुको छनोट गर्न सजिलो कार्य पक्कै पनि थिएन। यद्यपी समाज तथा राष्ट्रलाई टेवा पुराइरहेका यिनै जाज्वल्यमान प्रतिभाशाली किशोर किशोरिहरुलाई पहिचन गराउन पाउदा हामी गर्व गर्दछौ।’

देशभरिबाट आएको ६०४ं आवेदनबाट यी किशोर किशोरीहरु छानिएका हुन्। यी २० परिवर्तक किशोर किशोरीहरु सम्माननीय निर्णायक मण्डलबाट उनीहरुको कामले समाज ल्याएको प्रभावको आधारमा चयन गरिएका हुन्।

देशभरिका प्रतिभावान किशोर किशोरीहरुलाई एकै साथ ल्याउन सँगसंस्थाहरु शीर्षक साझेदारको रूपमा वाई वाईसँग साझेदारी गरेको छ, रणनीतिक साझेदारको रूपमा भारतीय दूतावास र युरोपेली संघ, पहल साझेदारको रूपमा सोल्टी क्राउन प्लाजा, भ्यालुयवल पार्ट्नरका रुपमा कोका कोला, होन्डा, टोयोटा, पंचकन्या, डोल्मा, डिश होम, फाइबरनेट, ब्रिटिश कलेज र डब्ल्यूडब्ल्यूएफ नेपाल, आतिथ्य पार्टनरः कोजी होम बीएन्डबी, एयरलाइन्स पार्टनरः टर्किर्श एयरलाइन्स, एजुकेशन पार्ट्नरमा किंग्स कलेज, चेल्सी र विद्या संस्कार, पीआर पार्टनर– भी चित्र र समर्थकमाः वर्ल्ड लिंक, ईसेवा, डिश होमगो, युवा, नेपाल युवा परिषद, आयोन क्विक्स, भिउ योर च्वाइस, जेनेसिस क्लाउड एकेडेमी रहनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .