द अस्ट्रेलियन डिफेन्स फोर्स एडीएफले चार वर्ष लगाएर अनुसन्धान प्रतिवेदन तयार गरेको छ।
यहाँ आफ्ना सेनाले अफगानिस्तानका सर्वसाधारणमाथि दुराचार र अन्याय गरेको एडीएफले उल्लेख गरेको बीबीसीले जनाएको छ।
आफगान युद्धका क्रममा अस्ट्रेलियाका सेनाले अमानवीय र लज्जास्पद कार्य गरेको प्रतिवेदनमा जनाइएको छ।
यस अनुसन्धानका क्रममा ५७ वटा घटनाको सुक्ष्म रुपमा अनुसन्धान गरिएको थियो साथै ३ सय प्रत्यक्षदर्शीहरुको भनाइ सुनिएको थियो।
सन् २००९ देखि २०१३ सम्ममा अस्ट्रेलियका सेनाहरुले कैदी, कृषक र सर्वसाधारणको हत्या गरेका थिए।
स्पेसल एयर सर्भिस एलाइट यूनिटका २५ सेनाले सो क्रममा यस्तो अपराध गरेको प्रतिवेदनमा जनाइएको छ। हाल यी सेनाहरुमध्ये कयौं सैन्य सेवाबाट बाहिरिसकेका छन्।
दोषी सबै सेनालाई कारवाही गर्ने अस्ट्रेलियाले आफूलाई प्रतिबद्धता जनाएको अफगानिस्तानले जनाएको छ।
प्रतिक्रिया