ad ad

समाज


गतहप्ता इरानमा आक्रमण गर्ने ट्रम्पको तयारी अन्तिम समयमा यसरी रोकियो..

गतहप्ता इरानमा आक्रमण गर्ने ट्रम्पको तयारी अन्तिम समयमा यसरी रोकियो..

नेपालखबर
मंसिर २, २०७७ मंगलबार ९:१,

न्युर्योक टाइम्सका अनुसार ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पले आफ्ना सल्लाहकारहरुसँग इरानमा आक्रमण गर्ने या नगर्ने भनेर सुझाव लिएका थिए।

ट्रम्पले उपराष्ट्रपति माइक पेन्स, विदेशमन्त्री माइक पोम्पिओ, कार्यकारी रक्षामन्त्री क्रिस्टोफर मिलरसँग इरानलाई कसरी प्रतिक्रिया जनाउने भनेर सल्लाह लिएका थिए।

उनीहरुले ट्रम्पलाई इरानमा आक्रमण नगरौं भनेर सल्लाह दिएको न्युयोर्क टाइम्समा उल्लेख गरिएको छ।

इन्टरनेसनल अटोमिक इनर्जी एजेन्सीले इरानले सन् २०१५ को आणविक सम्झौता बमोजिम युरेनियमको उत्पादनलाई सीमित नगरेको प्रतिवेदन सार्वजनिक गरेपछि ट्रम्प रुष्ट बनेका थिए।

अमेरिका र इरानसहित पाँच देशले यस सम्झौता गरेका थिए। जहाँ ३ सय केजीभन्दा बढी युरेनियम भण्डारन गर्न नपाइने नियम बनाइएको थियो। यद्यपी सन् २०१८ मा सम्झौताबाट अमेरिका अलग भइसकेको छ।

त्यसयता इरानले युरेनियम उत्पादन र प्रसोधनलाई बढाइरहेको छ। हाल सम्झौता भन्दा १२ गुणा बढी इरानले युनेनियम भण्डारन गरेको प्रतिवेदनमा बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .