ad ad

समाज


बैतडी फेरि ट्याक्टर दुर्घटना, चालकको मृत्यु

बैतडी फेरि ट्याक्टर दुर्घटना, चालकको मृत्यु

गोकुल जोशी
कात्तिक २८, २०७७ शुक्रबार ८:३८,

बैतडीको पाटन नगरपालिका–४ मा ट्याक्टर दुर्घटना हुँदा चालक मृत्यु भएको छ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालक बर्दियाको बारबर्दिया नगरपालिका– ८ का ३० बर्षीय खेमराज ढकालको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

तराईबाट दार्चुलातर्फ गइरहेको लु ४ प ६१७१ नम्बरको ट्याक्टर सडकबाट करिब १५ मिटर तल खसेको प्रहरीले जनाएको छ।

बिहीबार राती मात्रै बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा यात्रुवाहक बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .