ad ad

समाज


बैतडी बस दुर्घटनाः मृतक ६ जनाको पहिचान खुल्यो

बैतडी बस दुर्घटनाः मृतक ६ जनाको पहिचान खुल्यो

गोकुल जोशी
कात्तिक २८, २०७७ शुक्रबार ५:३,

बिहीबार राति बैतडीमा भएको बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको पहिचान खुलेको छ।

प्रहरीका अनुसार मृतकमध्ये बैतडीको दोगडाकेदार–६ का रणबहादुर चन्द र कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की कृतिका कार्की छन्। यस्तै ठेगाना खुल्न बाँकी रहेका अन्य ४ मृतकमा नरेन्द्र चौधरी, जगतनाथ ओझा, विमल बडु र तारा गिरी छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार अन्य तीन जनाको भने अझै पहिचान खुल्न सकेको छैन।

दार्चुलाको गन्नाबाट महेन्द्रनगर आइरहेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर खोड्पेमा सडकबाट खसेको हो। दुर्घटनामा ३४ जना घाइते भएका छन्।

तीमध्ये केहीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ भने १२ जनालाई धनगढी रेफर गरिएको अस्पतालका सूचना अधिकारी टंक पन्तले बताए।

दुर्घटनामा परी बैतडीको दोगडाकेदार–७ का वीरेन्द्र कार्की, कञ्चनपुरको बेलौरी नगरपालिका–७ का विमला कुँवर, सोही ठाउँका निवेश ऐर, पुनर्वास नगरपालिका–६ की दीपा चन्द, भीमदत्त नगरपालिका–१८ विमला बडु, भीमदत्त नगरपालिका–१८ का सुस्मत जोशी, बैतडीको डिलाशैनी गाउँपालिका–१ जनक धानुक, दार्चुलाको गोकुलेश्वरका धन बहादुर खत्री, मार्मा गाउँपालिका–२ मटेलाकी जानकी सिंह, बैतडीको डिलाशैनी गाउँपालिका–४ का लोकेन्द्र बोहरा, अछामकोे चौरपाटी गाउँपालिका–४ अमृत कुमाल, कैलालीको गौरीगंगा नगरपालिका–११ का विरेन्द्र चौधरी, कैलालीको फुलबारी नगरपालिकाका–१८ का लोकेन्द्र बस्नेत, बैतडीको पुर्चुडी नगरपालिकाका सुरज लुहार, कञ्चनपुरको भीमदत्त नगरपालिका–२ का दशरथ गिरी, शुक्लाफाँटा नगरपालिका–६ का नरमा देवी धामी, बैतडीको दोगडाकेदार गाउँपालिका–७ की अमृता विक, शुक्लाफाँटा नगरपालिका–६ हर्क धामी, दार्चुलाको सिपटी गाउँपालिकाका पूर्ण टमटा, कैलालीको गोदावरी नगरपालिका–३ का वेद प्रकाश धामी, कञ्चनपुरको बेलाडाँडी गाउँपालिका–३ का नरेन्द्र सिंह साउँद, भीमदत्त नगरपालिका–८ तिलाचौरकी कल्पना कार्की सोही ठाउँकै कौशल साउद घाइते भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .