ad ad

समाज


भारतीय पत्रकार अर्नब गोस्वामी जमानतमा छुटे

भारतीय पत्रकार अर्नब गोस्वामी जमानतमा छुटे

नेपालखबर
कात्तिक २६, २०७७ बुधबार ११:३२,

आत्महत्या दुरुत्साहन मुद्दामा गिरफ्तार भएका गोस्वामीलाई भारतको सर्वोच्च अदालतले जमानतमा छाडेको बीबीसीहिन्दीले जनाएको छ।

यसअघि मम्बईको उच्च अदालतले गोस्वामीलाई जमानतमा छाड्न अस्वीकार गरेको थियो।

गोस्वामी रिपब्लिक टिभीका प्रधान सम्पादक हुन्। उनलाई आत्महत्या दुरुत्साहन मुद्दामा हालै १४ दिने न्यायिक हिरासतका लागि पठाइएको थियो।

रिपब्लिक टिभीको स्टुडियो डिजाइन गरेका अलीबागका डिजाइनर अन्वय नाइकलाई आत्महत्या गर्न बाध्य पारेको गोस्वामीमाथि आरोप छ।

अर्नबले अन्वयको बाँकी पैसा नदिएपछि उनले आत्महत्या गरेको उनको आमाको आरोप छ। अन्वयले सुसाइड नोटमा समेत गोस्वामीको नाम उल्लेख गरेका छन्।

महाराष्ट्र सरकारले यस विषयमा अनुसन्धान हुनुपर्ने आदेश दिएको थियो। त्यसपछि गोस्वामी पक्राउ परेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .