ad ad

समाज


कोरोना संक्रमण: बुधबार अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु, पौने ६ लाख संक्रमित थपिए

कोरोना संक्रमण: बुधबार अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु, पौने ६ लाख संक्रमित थपिए

नेपालखबर
कात्तिक २०, २०७७ बिहिबार १:२३,

विश्वभर नै कोरोना भाइरसको संक्रमण र त्यसबाट हुने मृत्युदर झन् झन् बढ्दै गएको छ। पुनः सुरु भएको संक्रमणको दर युरोपियन देशहरुमा बढी छ।

पछिल्लो २४ घण्टामा विश्वभर कोरोना संक्रमणबाट १० हजार तीन सय ७५ जनाले ज्यान गुमाएका छन्। यो संख्या एकै दिन मृत्यु भएकामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै हो।

वल्र्डओमिटरका अनुसार यस अवधिमा विश्वभरी पाँच लाख ६६ हजार ६ सय ५५ जना संक्रमित थपिएका छन्। संक्रमितको यो संख्या पनि हालसम्मकै उच्च हो।

पछिल्लो २४ घण्टामा स्पेनमा सबैभन्दा धेरै १६ सय २३ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्। स्पेनपछि संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा बढी छ।

त्यहाँ हिजो एकै दिन संक्रमणबाट एक हजार एक सय ९० जनाले ज्यान गुमाएका छन् भने एक लाख चार हजार आठ सय १९ जनामा संक्रमण देखिएको छ।

त्यसैगरी भारतमा हिजो एकै दिन ७०४ जनाले ज्यान गुमाउँदा ५० हजार भन्दा धेरै संक्रमित थपिएका छन्। ब्राजिलमा हिजो एकै दिन ६ सय २२ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। त्यहाँ २३ हजार भन्दा धेरै संक्रमित थपिएका छन्।

त्यसैगरी हिजो एकै दिन रुसमा ३८९, फ्रान्समा ३८५, अर्जेन्टिनामा ३४८, बेलायतमा ४९२, मेक्सिकोमा ४९३, इटालीमा ३५२, इरानमा ४१९, बेल्जियममा २६८, पोल्याण्डमा ३७३, चेकियामा २२०, युक्रेनमा १९९, इन्डोनेसियामा ११३, नेदरल्याण्डमा १०६, रोमानियामा १४६ जनाले कोरोना संक्रमणको कारण ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा फ्रान्समा ४० हजार ५५८, बेलायत र स्पेनमा २५–२५ हजार भन्दा धेरै, जर्मनीमा २० हजार, पोल्यान्डमा झण्डै २५ हजार, चेकियामा १५ हजार ७ सय भन्दा धेरै, स्वीटजरल्याण्डमा १० हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .