भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको नेपाल भ्रमणको विरोधमा काठमाडौँको माइतीघरमा प्रदर्शन भएको छ।
बुधबार सोनाप्रमुख नरवणे नेपाल आएको केही समयमै भेला भएका २०–३० जनाको समूहले विरोध प्रदर्शन गरेका हुन्।
उक्त प्रदर्शन मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी-माओवादी) सहितको २१ दलीय गठबन्दनले गरेको प्रहरीले जनाएको छ।
अहिले प्रदर्शन सकिएको र उनीहरु आफ्नो बाटो लागेको प्रहरीले जनाएको छ। प्रदर्शन सामान्य नै रहेको उच्छृंखल नभएकाले कसैलाई पनि पक्राउ नगरिएको प्रहरीको भनाइ छ।
3
Shares
प्रतिक्रिया