गण्डकी प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि भएको छ।
प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार दिएको अध्यावधिक जानकारी अनुसार प्रदेशमा थप ९७ जनामा कोरोना पुष्टि भएको हो।
थपिएका संक्रमितमा कास्कीका ५२, तनहुँका २१, बागलुङमा १३, मुस्ताङमा ३, नवलपरासी पूर्वमा ३, लमजुङमा २ र स्याङ्जामा ३ रहेका छन्।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ७ हजार ९६० पुगेको छ।
त्यस्तै पोखरा स्वास्थ्य विद्दान प्रतिष्ठान, पश्चिमाञ्चल अस्पतालको कोभिड उपचार केन्द्रमा उपचाररत एक संक्रमितको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका ५ की ५९ वर्षीय महिला रहेकी छन्। कात्तिक १४ गते कोरोना पुष्टि भएकी उनको उपचारकै क्रममा गइरुाति निधन भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुज आचार्यले जनाकारी दिए। योसँगै कोरोना संक्रमणबाट प्रतिष्ठानमा मात्रै २६ जनाको ज्यान गइसकेको छ।
प्रतिक्रिया