अफगानिस्तानको राजधानी काबुलस्थित काबुल विश्वविद्यालयमा आतंककारीले साेमबार अन्धाधुन्ध गोली हानेर कम्तीमा २२ जना विद्यार्थीको हत्या गरेको छ।
तीन जना बन्दुकधारी विश्वविद्यालय हाताभित्र प्रवेश गरी गोली प्रहार गर्दा अन्य २२ जना घाइते भएको बीबीसीले जनाएको छ।
घटनालगत्तै पुगेको सुरक्षाकर्मीको कारबाहीमा परी ती तीनै आक्रमणकारी पनि मारिएकाे अफगान गृह मन्त्रालयका प्रवक्ताले बताएका छन्।
विश्वविद्यालय परिसरमा इरानी पुस्तक प्रदर्शनीको उद्घाटनको तयारी भइरहेका बेला आतंकारीले हमला गरेका थिए।
तालिबान समूहले यो आक्रमण आफूले नगरेको भन्दै घटनाको निन्दा गरेको छ।
आतंककारी घुसेर गोली हान्न थालेपछि विद्यार्थीको भागाभाग भएको फुटेज हेर्नुहाेस्-
— Madina Azizi (@madinaazizi) November 2, 2020دانشگاه کابل هم جز مناطق نامن کشور شد.
@kabuluniversity @mahdifakori @VladCresc pic.twitter.com/oIof2aBEFy
प्रतिक्रिया