ad ad

समाज


सहकारीका कर्मचारीलाई लछारपछार पारी डेढ लाख रुपैयाँ लुटियो

सहकारीका कर्मचारीलाई लछारपछार पारी डेढ लाख रुपैयाँ लुटियो

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार १५:२८,

लमजुङको बेँसीशहर नगरपालिका– ८ स्थित कालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेड बेँसीशहरको पैसा लुटिएको छ।

बेँसीशहर –११ रामचोकबेँसीबाट सहकारीको पैसा उठाएर उदिपुरतर्फ आउँदै गरेका सहकारीका कर्मचारी शान्ति अछामीका साथमा रहेको झोला खोसेर चोरले लुटेको प्रहरीले जनाएको छ।

चिती र उदिपुर कार्यक्षेत्र रहेको सहकारीका कर्मचारी एक्लै आएको मौका छोपी मर्स्याङदी नदी झोलुङ्गे पुलमा झोला खोसेर एक पुरुष फरार रहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ॐप्रकाश पुनले बताए।

कालो कपडा र कालो मास्क लगाएर आएका एक पुरुष झोलामा रहेको पैसा, मोबाइल, सहकारीको कलेक्सन लिष्ट सबै लुटपाट गरेर फरार रहेको र प्रहरीले खोजी तीव्र बनाएको उहाँको भनाइ छ।

सहकारीका प्रमुख कार्यकारिणी अधिकृत देवराज खनियाँले सोमबार प्रत्येक पसल तथा घरघरमा गएर पासबुकका आधारमा लुटिएको यकिन रकम खुले पनि अन्दाजी रु डेढ लाख लुटिएको हुन सक्ने जानकारी दिए। लुटेराले कर्मचारी अछामीलाई लछारपछार गर्दा देब्रे खुट्टा मर्किएको सहकारीले जनाएको छ।

अछामीको कार्यक्षेत्रमा एक सय जना जति सहकारीका सदस्य रहेको जनाइएको छ। सहकारी सदस्यबाट उठाएको रकम लुटिँदा चिन्तित भए पनि सहकारीका तर्फबाट कुन सदस्यको कति पैसा जम्मा भएको थियो हेरी खातामा जम्मा गरिदिने खनियाँले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .