दैनिक १२ सय तलब दिने गरी गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एक सय कर्मचारी माग गरेको छ।
विभागले बिहीबार एक सुचना जारी गर्दै करार दर्ता अपरेटर पदमा सय जनाको दरखास्त आह्वान गरेको हो।
दरखास्त दिन चाहने नेपाली नागरिकले कुनै पैसा तिर्नु पर्नेछैन। कार्तिक १३ गतेदेखि १५ सम्म अनलाइनबाट फाराम भर्न सकिनेछ।
दरखास्त दिनेको योग्यता प्लस टु पास गरेको हुनुपर्नेछ। तीन महिना कम्प्युटर प्रशिक्षण गरेको वा प्रविणता प्रमाणपत्र तहमा कम्प्युटर विषय लिई अध्ययन गरेको हुनुपर्नेछ।
आवेदन दिएकाहरुको लिखित परीक्षा मंसिर १३ गते हुनेछ। १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्।
आवेदन दिनका लागि यहाँ क्लिक गरेर युजर आईडी बनाएर अनलाइन दरखास्त फाराम पेश गर्न सकिनेछ।
विस्तृतमा सुचना हेर्नुहोस्:
प्रतिक्रिया