ad ad

समाज


कोरोना भाइरस : भारतमा दैनिक संक्रमण दर निकै घट्यो

कोरोना भाइरस : भारतमा दैनिक संक्रमण दर निकै घट्यो

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ५:९,

भारतमा धेरै दिनपछि कोरोना भाइरबाट एक दिनमा हुने संक्रमण दर निकै घटेको छ।

बीबीसी हिन्दीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३६ हजार ४६९ जनामा मात्र कोरोना पुष्टि भएको हो। याे केही हप्ता अगाडिका तुलनामा निकै कम हाे। साेही अवधिमा काेराेना संक्रमणका कारण ४ सय ८८ जनाको मृत्यु भएको छ। 

योसँगै भारतमा कोरोना संक्रमितको संख्या ७९ लाख ४६हजार ४२९ पुगेको छ भने अहिलेसम्म यसबाट कूल १ लाख १९ हजार ५०२ जनाको मृत्यु भएको छ।

गत २४ घण्टामा ९ लाख ५८ हजार जनाको कोरोना परीक्षण गरिएको थियो।

कोरोना संक्रमण भएर निकाे भइसकेकाको संख्या भारतमा ७२ लाख १ हजार ७० पुगेकाे त्यहाँका अधिकारीले जनाएका छन्। भारतमा कोरोनाबाट मुक्त भएकाको अनुपात ९०.६२ प्रतिशत रहेको त्यहाँका सरकारी निकायले जनाएकाे छ।

त्यसैगरी कोरोनाबाट संक्रमितमध्ये १.५० प्रतिशत मानिसको मात्रै मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

अहिले पनि संक्रमित अवस्थामै रहेकाको संख्या सात लाखभन्दा कम छ। अधिकारीका अनुसार ६ लाख २५ हजार ८५७ जना भने अहिले पनि संक्रमित अवस्थामै छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .