ad ad

समाज


चितवनमा थप दुई संक्रमितको मृत्यु

चितवनमा थप दुई संक्रमितको मृत्यु

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ८:३२,

कोभिड–१९ को स‌ंक्रबाट चितवनमा थप दुई संक्रमितको मृत्यु भएको छ।

चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उपचारका क्रममा ती संक्रमितको कोरोनाबाट ज्यान गएको हो।

चितवन मेडिकल कलेजमा उपचारका क्रममा गुल्मीका संक्रमितको मृत्यु भएको हो। मृत्यु हुनेमा गुल्मीका ४८ वर्षीय पुरुष रहेको अस्पतालका निर्देशक डा दयाराम लम्सालले जानकारी दिए। निमोनियाका बिरामी उनलाई कात्तिक ४ गते अस्पताल भर्ना गरिएको थियो। उनको उपचारका क्रममा आइतबार बिहान मृत्यु भएको हो। ती पुरुषमा कात्तिक ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

यस्तै पुरानो मेडिकल कलेजमा रौतहटकी महिलाको मृत्यु भएको हो। ती महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। चन्द्रनिगाहापुर नगरपालिका–१ की ७७ वर्षीया वृद्धामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

निमोनियाका कारण उनलाई कात्तिक ८ गते अस्पताल भर्ना गरिएको थियो। तप् वृद्धाको शनिबार साँझ मृत्यु भएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .