नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा थप ३ हजार २१५ जना कोरोना संक्रमित निको भएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबारको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले नेपालमा कोरोना निको हुनेको संख्या १ लाख २ हजार ८२० पुगेको जानकारी दिए।
प्रवक्ता गौतमका अनुसार कुल संक्रमितमध्ये ६९.२ प्रतिशत निको भएका हुन्।
त्यस्तै पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यका१ हजार ५५२ सहित देशभरमा ३ हजार ६३७ जनाका कोरोना पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए।
279
Shares
प्रतिक्रिया