ad ad

समाज


भारतमा दैनिक संक्रमितको संख्या घट्दो, १ लाखबाट झरेर ५० हजारमा आइपुग्यो

भारतमा दैनिक संक्रमितको संख्या घट्दो, १ लाखबाट झरेर ५० हजारमा आइपुग्यो

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ८:३८,

कोरोना भाइरसको महामारी सुरु भएदेखि बृद्धि हुँदै गइरहेको दैनिक सङ्ख्यामा केही समयदेखि कमी हुँदै आइरहेको हो।

दैनिक झण्डै एक लाखसम्म सङ्क्रमितहरु भेटिएको भारतमा अहिले दैनिक ५० हजारको हाराहारीमा झरेको तथ्याङ्मा देखिएको छ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा थप ५४ हजार ४४ जना सङ्क्रमित भएका छन्।

सोही अवधिमा कोरोनाका कारण ७१७ जनाको मृत्यु भएको पनि मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन्।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या ७६ लाख ५१ हजार १०८ पुगेको मन्त्रालयले जनाएको छ।

कुल सङ्क्रमित मध्ये सात लाख ४० हजार ९० जना अझै पनि सङ्क्रमित अवस्थामै रहेको पनि तथ्याङ्कमा देखिएको छ।

भारतमा सङ्क्रमित अवस्थामै रहेकाहरुको संख्यामा पनि पछिल्ला केही हप्तादेखि कमी आएको छ। लामो समयसम्म दैनिक झण्डै १० लाख मानिस सङ्क्रमित अवस्थामै रहने गरेकोमा अहिले सात लाखको हाराहारीमा झरेको हो।

सङ्क्रमित भएर पनि निको भइसकेकाहरुको कुल सङ्ख्या ६७ लाख ९५ हजार १०५ पुगेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी भारतमा कोरोनाका कारण कुल मृतकको सङ्ख्या एक लाख १५ हजार ९१४ रहेको अधिकारीहरुले जानकारी दिएका छन्। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .