ad ad

समाज


चीनमा डोनाल्ड ट्रम्पको बैंक खाता!

चीनमा डोनाल्ड ट्रम्पको बैंक खाता!

नेपालखबर
कात्तिक ५, २०७७ बुधबार ८:२,

रिपोर्टअनुसार यस बैंक खातालाई ट्रम्प इन्टरनेसनल होटल्स म्यानेजमेन्टले नियन्त्रण गर्दछ। साथै सन् २०१३ र २०१५ को बीचमा यस बैंक खाताबाट स्थानीय करहरु भुक्तान गरिएको छ।

ट्रम्पका प्रवक्ताका अनुसार यो बैंक खाता एसियामा होटल उद्योगसँग सम्बन्धित सम्झौताको सम्भावनाहरू पत्ता लगाउन खोलिएको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले यतिबेला चीनमा व्यापार गर्ने अमेरिकी कम्पनीको आलोचना गर्दै आएका छन् र चीनबिरूद्ध व्यापार युद्ध सुरुवात गरेका छन्।

न्युयोर्क टाइम्सले ट्रम्पको करको विवरणबाट उनको चीनमा रहेको बैंक खाताबारे पत्ता लगाएको जनाएको छ। यसमा उनका व्यक्तिगत र कम्पनी दुवैको वित्तीय विवरणहरु समावेश भएको बताइएको छ।

यसअघिको रिपोर्टमा न्युयोर्क टाइम्सले ट्रम्पले सन् २०१६ र २०१७ मा मात्र ७५० अमेरिकी डलर कर तिरेको बताएको थियो।

ट्रम्पले त्यसबेला कर बचाउने विभिन्न उपायहरु अपनाएका कारण आफूले कम कर तिरेको प्रतिक्रिया जनाएका थिए।

हाल न्युयोर्क टाइम्सको नयाँ रिपोर्टअनुसार ट्रम्पले चिनियाँ बैंकबाट चीनमा १ लाख ८८ हजार ५६१ अमेरिकी डलर कर तिरेका छन्।

आगामी महिनाको ३ तारिखमा राष्ट्रपतिको दोस्रो कार्यकालका लागि चुनावमा उत्रिएका ट्रम्पले यतिबेला चीन र आफ्ना प्रतिद्वन्द्वी जो बाइडेनका नीतिको चर्को रुपमा आलोचना गरिरहेका छन्।

ट्रम्पले आफूलाई अब्बल साबित गर्न बाइडेन र चीनबीच व्यापारिक सम्बन्ध रहेको बताउँदै आएका छन्।

यसबीचमा ट्रम्पको बैंक खाता चीनमा रहेको विषय न्युयोर्क टाइम्सले सार्वजनिक गरेको हो।

ट्रम्पको कम्पनीका वकिल एलन गार्टनले न्युयोर्क टाइम्ससँग भनेका छन्,‘स्थानीय कर भुक्तानी गर्न सहज हुन्छ भनेर ट्रम्प इन्टरनेसनल होटल्स म्यानेजमेन्टले अमेरिकास्थित चिनियाँ बैंकमा खाता खोलेको थियो।’

गार्टनका अनुसार सन् २०१५ यता चिनियाँ बैंकबाट कुनैपनि व्यावसायिक गतिविधि भएको छैन। यस बैंक खाता अझैपनि खुला रहेको बताइएको छ। यद्यपी यस बैंक खाता खोल्नुको उद्देश्य कर तिर्नु बाहेक अन्य केही नभएको उनको भनाइ छ।

ट्रम्प अमेरिकी राष्ट्रपति बन्न अगाडि उनी अन्तर्राष्ट्रिय व्यापारी थिए। रियल–स्टेटसँगै अन्य विभिन्न काममा ट्रम्प संलग्न थिए।

न्युयोर्क टाइम्सकाअनुसार ट्रम्पको चीनबाहेक बेलायत र आयरल्यान्डमा पनि बैंक खाता छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .