फेसबुकमा बलात्कारी संगठन नामको समूह बनाएर महिलालाई तथानाम गाली गर्ने व्यक्ति पक्राउ परेका छन्।
प्रहरीको साइबर ब्युरो र जिल्ला प्रहरी कार्यालय पाल्पाले पाल्पास्थित माथागढी गाउँपालिका १ का अभिषेक नेपाललाई पक्राउ गरेको हो।
अभिषेकले उक्त ग्रुप बनाएर अपराध गर्न दुरुत्साहन गर्ने तबरले अश्लिल, आपत्तिजनक सामग्री पोष्ट गर्ने, प्रतिक्रिया जनाउने लगायत कार्य गरेको साइबर व्युरोले जनाएको छ।
यसअघि असोज ३० गते प्युठानका नविन बस्नेत नवलपरासीबाट पक्राउ परेका थिए।
उनीहरुविरुद्ध विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ को उपदफा (१) बमोजिमको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइएको ब्युरोका प्रवक्ता एसएसपी नविन्द अर्यालले बताए।
81
Shares
प्रतिक्रिया