ad ad

समाज


सोह्रखुट्टेको एक घरमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

सोह्रखुट्टेको एक घरमा ग्यास सिलिन्डर विस्फोट, ११ जना घाइते

नेपालखबर
असोज २९, २०७७ बिहिबार ७:२६,

काठमाडौँको सोह्रखुट्टेस्थित एक घर ग्यास सिलिन्डर विस्फोट हुँदा ११ जना घाइते भएका छन्।

बिहीबार बिहान स्थानीय मिनकुमारी क्षेत्रीको घरमा ग्यास सिलिन्डर बिस्फोट भएको भएको हो।

ाठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले घर पूर्ण रुपमा क्षतिग्रस्त भएको र विस्फोटमा घाइते भएकाहरुको उद्धार भइसकेको बताए।

विस्फोटपछि घरमा आगलागी भएको र आगो नियन्त्रणमा आइसकेको सह्रखुट्टे प्रहरीले जनाएको छ।

विस्फोटमा परेर ११ जना घाइते भएका  छन्। 

घाइते हुनेमा चन्द्र केसी, विशाल कँडेल, रमेश श्रेष्ठ, अम्मर बस्नेत, सरला बस्नेत शान्ति अधिकारी, अर्जुन चोखार, नर्सिङ केसी, रेसिना खत्री, किसोर खत्री, विजया श्रेष्ठ रहेका छन्। उनीहरुको मनमोहन र पिपल्स अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .