ad ad

समाज


कात्तिक १ देखि शक्तिपीठहरु खुल्ने, पूजाआजा बाहेकका गतिविधि भने बन्द

कात्तिक १ देखि शक्तिपीठहरु खुल्ने, पूजाआजा बाहेकका गतिविधि भने बन्द

नेपालखबर
असोज २८, २०७७ बुधबार ६:४६,

कोभिड संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन्।

काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन्।

दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन््। मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका सचिव राजाराम कपालीले दशैंको बेला विशेष पूजाआजा हुने भएकाले मन्दिर खुला गर्नुपर्ने बाध्यता भएको बताए।

विभिन्न गुठियारहरुको विशेष पूजा हुने र जात्रासमेत निकाल्नुपर्ने प्रचलन रहेकाले पनि पूजाका लागि खुल्ला गरिनुपर्ने बताए। तर सरकारबाट अहिलेसम्म कुनै निर्णय आइनसकेको उनले बताए। तर पनि स्थानीय भक्तजनहरुको आग्रहमा कात्तिक एक गतेदेखि धेरै भिड नहुने गरी भक्तालुका लागि खुल्ला गरिने बताए। गुठियारहरुसँग पनि जात्रा ननिकाल्ने तर विशेष पूजाआजा गर्ने सहमति भइसकेको उनले बताए।

कोभिड १९ संक्रमणको जोखिम भएसँगै सरकारले कुनै पनि मन्दिर क्षेत्रमा भक्तालुका लागि पूजाआजा रोक्ने निर्णय गरेको थियो। यससँगै काठमाडौं उपत्यकाका मूख्य शक्तिपीठहरुमा समेत नियमित पूजाआजा बाहेकका सबै गतिविधि बन्द गरिएको छ। अन्य क्षेत्रलाई खुल्ला गरिए पनि मन्दिरमा धेरै भिड हुने भएकाले सरकारले अहिलेसम्म मन्दिरलाई खुल्ला गर्ने निर्णय गरिसकेको छैन्। तर, अधिकांश मन्दिरहरु कात्तिक एक गतेदेखि सीमित रुपमा भएपनि खुल्ला गर्ने तयारीमा जुटेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .