ad ad

समाज


पहिरोमा परी २४ चिनियाँको मृत्यु, २७ वेपत्ता

पहिरोमा परी २४ चिनियाँको मृत्यु, २७ वेपत्ता

नेपालखबर
साउन १०, २०७६ शुक्रबार १०:५०,

चीनको दक्षिणपश्चिमी प्रान्त क्विचोमा मङ्गलबार गएको पहिरोमा परी कम्तीमा २४ जनाको मृत्यु भएको र २७ जना अझै वेपत्ता रहेको स्थानीय अधिकारीले शुक्रबार जानकारी गराएका छन्।

शुक्रबार दिउसो १ बजेसम्म स्थानीय प्रशासनबाट प्राप्त सूचना अनुसार पहिरोमा परी २४ जनाको मृत्यु भएको र २७ जना घाइते भएका छन् भने २२ परिवारका ७७ जना पूर्णरूपमा विस्थापित भएका छन्।

सिन्ह्वाका अनुसार उक्त स्थानमा आठ जना भ्रमणमा आएका पर्यटक र केही श्रमिकहरूसमेत रहेको भन्ने सूचना प्राप्त भएको छ।

उद्धारकर्ताहरूले पहिरोमा परी वेपत्ता चिनियाँहरूको खोजी गरिरहेका बताइएको छ। पहिरोमा परी घाइते अवस्थामा उद्धार गरिएका कम्तीमा ११ जनालाई उपचारका लागि स्थानीय अस्पतालहरूमा पठाइएको छ।

लिउपान्सी शहर नजिकैको एक ग्रामिण वस्तीमाथिबाट मङ्गलबार राति ९ बजेर २० मिनेट जाँदा गएको पहिरोले २१ घरहरूलाई पुरेको स्थानीय अधिकारीले बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .