ad ad

समाज


नगरपालिकाले ३८ लाखमा किनेकोे पीसीआर मेसिन प्रयोगविहीन

नगरपालिकाले ३८ लाखमा किनेकोे पीसीआर मेसिन प्रयोगविहीन

गोकुल जोशी
असोज २३, २०७७ शुक्रबार ११:४२,

कोरोना परीक्षणका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले खरिद गरेको आरटीपीसीआर मेसिन दुई महिना बित्नै लाग्दा पनि सञ्चालनमा आउन सकेको छैन।

झण्डै दुई महिना अगाडि २८ साउनमा भीमदत्त नगरपालिकाले ३८ लाखमा आरटी पीसीआर मेसिन खरिद गरेको थियो। तर मेसिन खरिदको दुई महिना बित्दै लाग्दा पनि अझै मेसिन जडान हुन नसक्दा नगरपालिकामै थन्किएको हो। भीमदत्त नगरपालिकाले आव्हान गरेको सार्वजनिक सूचना अनुसार सुदिप इन्टरनेशनले ३८ लाख रुपैयाँमा मेसिन खरिद गरी नगरपालिकालाई उपलब्ध गराएको थियो।

नगरपालिकाले पीसीआर मेसिन खरिद गरेर सञ्चालनको जिम्मेवारी महाकाली अस्पताललाई दिएको जनाएको छ।

‘पीसीआर मेसिन सञ्चालन गर्ने सवालमा यहाँका अन्य स्थानीय तह र प्रशासनसँग छलफल भएको थियो। त्यसमा हामीले मेसिन खरिद गर्ने भनेका थियौँ। त्यसै अनुसार मेसिन खरिद गरेका छौँ’, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले भने, ‘अस्पताल र प्रदेशले अन्य व्यवस्थापन गर्ने भनिएको थियो। तर सञ्चालनमा आउन सकेको छैन।’

उता महाकाली अस्पतालका सूचना अधिकारी नारद भट्टले ल्याब सञ्चालनका लागि आवश्यक अन्य उपकरण आइनसकेकाले मेसिन सञ्चालनमा नआएको बताए।

‘ल्याबका लागि बिरामी कुरुवा घरलाई प्रयोग गर्ने भएका छौँ। कर्मचारी भर्ना गरिसकेका छौँ। नियुक्त दिनु मात्रै बाँकी छ’, उनले भने, ‘उपकरण आए पछि जडान गरेर ल्याब सञ्चालन गछौँ। उपकरण ल्यान टेन्डर आह्वान भैसकेको छ।’

ल्याब सञ्चालनका लागि आवश्यक उपकरण आउन अझै १० दिन लाग्ने अस्पतालका स्टोर प्रमुख तिलक जोशीले बताए। अस्पतालले ल्याबका लागि आवश्यक पर्ने पीसीआर क्वाबिनेट, बायोसेफ्टी क्याबिनेट, डि–फ्रिज र माईक्रोसेन्टिफ्युज उपकरण खरिद गर्न ८२ लाखकोे टेण्डर आह्वान गरेको छ।

‘टेण्डरमा ४/५ वटा निवेदन परेका छन्। मूल्याङ्कन समितिले मूल्याङ्कन गर्न बाँकी छ’ स्टोर प्रमुख जोशीले भने, ‘यसरी उपकरण आउन अझै १० दिन लाग्न सक्छ।’

महाकाली अस्पतालले पीसीआर ल्याब सञ्चालनका लागि ११ जना नयाँ कर्मचारी भर्ना गरेको छ। अस्पतालका अनुसार बिएमएलटी ४ जना, माइक्रो बायलोजिष्ट एक जना, ल्याब टेक्नेसियन २ जना र स्वीपर ४ जना भर्ना गरिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .