ad ad

समाज


उद्योगबाट घर फर्किंदै गरेका मजदुर कुट्ने चारजना पक्राउ

उद्योगबाट घर फर्किंदै गरेका मजदुर कुट्ने चारजना पक्राउ

नेपालखबर
असोज २२, २०७७ बिहिबार १५:५७,

सुनरसरीको इटहरीमा कामबाट घर फर्किंदै गरेका मजदुरलाई कुटपिट गर्ने चार जना पक्राउ परेका छन्।

बुधबार राति ११ बजे सुनसरीका ईटहरी उपमहानगरपालिका १० को पानी उद्योगबाट घर फर्किंदै गरेका व्यक्तिमाथी कुटपिट भएको थियो। कुटपिटमा संलग्नलाई पक्राउ गरिएको सुनसरी प्रहरीले जनाएको छ।

साइकलमा आफ्नो घरतर्फ फर्कदै गरेका उनलाई उद्योग अगाडि नै कुटपिट गरेका थिए। कुटपिटमा संलग्न इटहरी उपमहानगरपालिका १० का २० वर्षीय प्रधुम्न चौधरी, २० वर्षीय रामजी चौधरी, २० वर्षीय प्रज्वल राई र २० वर्षीय नै दिनेश सरदारले कुटपिट गरी घाइते बनाएका थिए।

उनीहरुलाई पक्राउ गरी बिहीबार जिल्ला प्रशासन कार्यालयबाट मुलुकी अपराध (संहिता) ऐन २०७४ वमोजिम म्याद थप गरी कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .