ad ad

समाज


प्राध्यापकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

प्राध्यापकमाथि आक्रमण गर्नेलाई कारबाहीको माग

नेपालखबर
असोज २२, २०७७ बिहिबार ११:४४,

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गरी कारबाही गर्न प्राध्यापक संगठनहरुले माग गरेका छन्।

घटना भएको तीन दिनसम्म पनि अपराधी पक्राउ नपरेको भन्दै नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले तत्काल पक्राउ गरी कारबाही गर्न माग गर्दै उपकुलपति धर्मकान्त बास्कोटालाई ज्ञापनपत्र पनि बुझाएका छन्।

असोज २० गते त्रिवि समाजशास्त्र विभागका उपप्राध्यापक चलाउनेमाथि सांघातिक आक्रमण भएको थियो। आक्रमणमा संलग्न अपराधीलाई तत्काल पक्राउ गरी कारबाही नगरिए आन्दोलन गर्ने चेतावनी पनि प्राध्यापक संगठनहरुले दिएका छन्।

विश्वविद्यालय प्रशासनले घटनालाई गम्भीर रुपमा लिएर अपराधीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पहल गर्नुपर्ने माग गर्दै संगठनहरुले उपकुलपति बास्कोटालाई ज्ञापनपत्र बुझाएका हुन।

दिनदहाडै विश्वविद्यालयको हाताभित्र जघन्य आपराधिक घटना हुनु विश्व विद्यालय, प्राध्याक, कर्मचारी र विद्यार्थीका लागि गम्भिर चिन्ताको विषय भएको विज्ञप्तीमा उल्लेख छ। ज्ञापनपत्र बुझ्दै उपकुलपति बास्कोटाले विश्वविद्यालय हाताभित्र प्राध्यापकमाथि आक्रमण हुनु दुःखद भएको बताए। अपराधीलाई तत्काल पक्राउ गरी कारबाहीको लागि आफ्नो तर्फबाट सक्दो पहल गर्ने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .