ad ad

समाज


पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति संक्रमित थपिए?

नेपालखबर
असोज २०, २०७७ मंगलबार ११:५,

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा १ हजार १७ जनासहित देशभरमा थप १ हजार ५५१ जनामा कोरोना भाइरसको संक्रमण भएको बताए।

मंगलबार पनि सबैभन्दा बढी काठमाडौँमा ७८३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। त्यस्तै बढी संक्रमित हुने अरु जिल्लामा ललितपुरमा ११८, भक्तपुरमा ११६, रुपन्देही ९६, चितवन ८१, दाङ र बाँके ३४÷३४ र मोरङ २७ रहेका छन्।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ भने आज देशभरमा सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ रहेको छ।

हेरौँ आज कुन जिल्लामा कति संक्रमित थपिए?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .