ad ad

समाज


कोरोना संक्रमणबाट काठमाडौँका दुई महिलासहित थप ९ जनाको मृत्यु

कोरोना संक्रमणबाट काठमाडौँका दुई महिलासहित थप ९ जनाको मृत्यु

नेपालखबर
असोज २०, २०७७ मंगलबार १०:४९,

नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा थप ९ जना संक्रमितको मृत्यु भएको हो।

मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौँका दुई, ललितपुर र नवलपरासीपूर्वकी एक/एक गरी ४ महिला रहेका छन्। त्यस्तै ललितपुरका २, चितवन, तेह्रथुम र सुनसरीका एक/एक जना पुरुषको पनि संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ।

 योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५६३ पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .