ad ad

समाज


आफैँले पालेको हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

आफैँले पालेको हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

नेपालखबर
असोज २०, २०७७ मंगलबार १:१,

हात्तीको आक्रमणबाट नवलपरासीमा एक माउतेको मृत्यु भएको छ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को कावासोती नगरपालिका-१२ मा रहेको आइल्यान्ड जङ्गल रिसोर्टमा हात्तीले आक्रमण गर्दा कावासोती १० का ५६ वर्षीय माउते लोकबहादुर खजुवारको मृत्यु भएको हो।

रिसोर्टमा पालिएको निजी हात्तीलाई पानी खुवाउन लैजाने क्रममा सोमबार लोकबहादुरलाई हात्तीले आक्रमण गरेको थियो।

हात्तीको आक्रमणबाट घाइते भएका उनको चितवनको भरतपुरमा रहेको चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

मृतकको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको प्रहरी प्रवक्ता मोहनबहादुर खाँणले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .