चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तहको प्रवेश परीक्षामा कोरोना संक्रमित विद्यार्थीहरुलाई पनि सहभागी गराउने जनाएको छ।
आयोगले सोमबार एक सूचना प्रकाशित गरी ‘कोरोना पोजेटिभ भएका विद्यार्थी समावेश हुने अवस्था सिर्जना भए अलग्गै परीक्षा कोठाको व्यवस्था गरी परीक्षामा सहभागी गराइने’ जनाएको छ।
चिकित्सा शिक्षा आयोगले यही असोज २७ र २८ गते स्नातकोत्तर तहको प्रवेश परीक्षा सञ्चालन गर्दैछ। कोभिड–१९ को परिप्रेक्षमा परीक्षा स्वास्थ्यसम्बन्धी मापदण्ड पूर्ण रुपमा पुरा गरी सञ्चालन हुने जनाइएको छ।
3
Shares
प्रतिक्रिया