ad ad

समाज


रकम नभएको खाताको चेक दिएर ३२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

रकम नभएको खाताको चेक दिएर ३२ लाख ठगी गर्ने व्यक्ति पक्राउ

नेपालखबर
असोज १९, २०७७ सोमबार १२:२५,

प्रहरीले बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ललितपुरको खोकना घर भई इखालखु बस्ने वर्ष ३४ का अमर महर्जन रहेका छन्।

महर्जनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी रिता महर्जनलाई झुक्यानमा पारि मिति २०७४।०२।२५ मा यति डेभलपमेन्ट बैंक लिमिटेड कुमारीपाटी शाखाको चेक काटी दिएको प्रहरीले जनाएको छ।

उच्च अदालत पाटनबाट उनलाई बैकिङ कसूरजन्य अपराध गरेको ठहर गरी ३२ लाख रुपैयाँ जरिवाना हुने ठहर गरेको थियो।

अदालतले सजाय सुनाएपछि फरार रहेका महर्जनलाई प्रहरीले सोमबार पक्राउ गरी सजाय कार्यान्वयनका लागि अदालत पेश गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .