ad ad

समाज


अलपत्र २१ वर्षीया युवतीको उद्धार

अलपत्र २१ वर्षीया युवतीको उद्धार

नेपालखबर
असोज १५, २०७७ बिहिबार ४:१९,

प्रदेश १ को सामाजिक विकास मन्त्रालयले सडकमा अलपत्र एक युवतीको उद्धार गरेको छ।

सामाजिक विकास मन्त्रीजीवन घिमिरेको अगुवाइमा मोरङको बुढीगङ्गा गाउँपालिका १ बाट २१ वर्षीया धना विश्वकर्माको उद्धार गरिएको हो।

स्थायी ठेगाना बताउन नसक्ने अवस्थामा रहेकी विक एक सातादेखि सडकमा देखिएकाले स्थानीय युवाले मन्त्रालयलाई जानकारी गराएका थिए।

सडकबाट उद्धार गरी जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गरी आइसोलेसनमा राखिएको छ। कोरोना परीक्षण रिपोर्ट आएपछि मानव सेवा आश्रममा लैजाने मन्त्रालयले जनाएको छ।

महिलाको उद्धार गर्दै सहयोगापेक्षी मुक्त सडक प्रदेश निर्माण गर्ने अभियानमा सरकार लागि परेको मन्त्री घिमिरेले बताए। प्रदेश सरकारले विगत केही महिनादेखि सडक बालबालिका र बृद्धबृद्धाको उद्धार गर्दै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .