ad ad

समाज


बली दिन भारत लैजाँदै गरेको अवस्थामा दुई युवतीको उद्धार, भिनाजुसहित दुई पक्राउ

बली दिन भारत लैजाँदै गरेको अवस्थामा दुई युवतीको उद्धार, भिनाजुसहित दुई पक्राउ

नेपालखबर
असोज १५, २०७७ बिहिबार २:२३,

प्रहरीले सुनसरीको कोशी गाउँपालिका-८ भण्टाबारीस्थित नेपाल भारत सीमा क्षेत्रबाट दुई युवतीको उद्धार गरेको छ।

 बली दिन भारततर्फ लैजाँदै गरेको अवस्थामा सप्तरी घर भएका दुई युवतीलाई भाण्टाबारी नाकाबाट उद्धार गरिएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।

नेपाल र भारत तर्फका संयुक्त सुरक्षाकर्मीको टोलीले सीमा क्षेत्रबाट युवतीको उद्धार गरिएको नायव उपरीक्षक कार्कीले बताए।

शङ्का लागेर सोधखोज गर्ने क्रममा उनीहरुलाई बली दिन लैजान लागेको खुलेको प्रहरीले जनाएको छ।

किशोरीसँगै रहेका २ पुरुषलाई पनि अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उद्दार गरिएकामा १९ र २२ वर्षका युवती छन्।

युवतीलाई भारततर्फ लैजाने कार्यमा संलग्न सप्तरी कृष्ण सवरन गाउँपालिका-४ बनौलीका २९ वर्षीय महम्मद साहिल मन्सुरी र सिरहा लाहान नगरपालिका–१९ कटाहका २९ वर्षीय जीवछकुमार साहलाई नियन्त्रणमा लिएको नायव उपरीक्षक कार्कीले जानकरी दिए।

नियन्त्रणमा लिएका एक व्यक्तिले आफू युवतीको आफन्त रहेको प्रहरी समक्ष बयान दिएका छन् । नाताले भिनाजु पर्ने व्यक्तिले सालीलाई पूजाका लागि भारत लैजाने सहमति अनुरुप आफू सुरक्षाका लागि सँगै आएको उनले बताएका प्रहरीले जनाएको छ।

सीमापारी नजिकैको भारतीय बजार भीमनगरमा रहेको मन्दिरमा पूजाका लागि भनेर ल्याइएको युवतीले प्रहरी समक्ष बताएका छन् । भारततर्फ लैजानु पूर्व उनीहरुको उचाईसमेत नापिएको थियो।

त्यसैगरी हातको रेखासमेत हेरी पुजाका लागि योग्य भनी ठहर गरिएको थियो। सीमापारी नजिकै रहेको कुनै एक मन्दिरमा साँझको बेला आयोजना हुने पूजाबेला ध्यानमा बसेवापत दुई लाख रुपैयाँ रकम दिने भनिएको थियो।

चौधरी थर भएका युवतीहरु निकै सोझा रहेका प्रहरीले जनाएको छ । घटनाको विषयमा थप अनुशन्धान भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .