महानगरीय प्रहरी परिसर ललितपुरमा नवनिर्मित वाटिका तथा अमर प्रहरी स्मारकको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले उद्घाटन गरेका छन्।
सोमबार परिसरमा आयोजित कार्यक्रममा डीआईजी पोखरेलले बाटिका तथा अमर प्रहरी स्मारक निर्माण कार्यमा विशेष योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई प्रशंसापत्र तथा निर्माण कार्यमा सहयोग पुर्याउने प्रहरी कर्मचारीलाई नगद पुरस्कार प्रदान गरे।
अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले नागरिकले प्रहरीलाई र प्रहरीले नागरिकलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्दै एकअर्काको अपेक्षाअनुसार दायित्व निर्वाह गर्नुपर्ने बताए।
प्रहरी र नागरिक एकआपसमा साझेदारी गर्दै कानुन तथा सरकारले अख्तियार गरेको नीति निर्देशनको पालना गर्दै अगाडि बढ्नुपर्नेमा उनको जोड छ।
प्रतिक्रिया