ad ad

समाज


चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या, लैलाको सहयोगमा १५ वर्षीय किशोर पक्राउ

चटपटेको निहुँमा १२ वर्षीया बालिकाको हत्या, लैलाको सहयोगमा १५ वर्षीय किशोर पक्राउ

नेपालखबर
असोज ११, २०७७ आइतबार १५:३,

वराह नगरपालिका९१ कटहरे टोल बस्ने १२ वर्षीया बालिकाको चटपटेको निहुँमा हत्या भएको पाइएको छ। हत्या गरेको अभियोगमा सुनसरी प्रहरीले सोही ठाउँका १५ वर्षीय किशोरलाई पक्राउ गरेको छ।

शुक्रबार राति बालिकाको हत्या भएको थियो। ईलाका प्रहरी कार्यालय चतरा र ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले संघीय प्रहरी ईकाई कार्यालय केनाईन शाखामा ज्यान सम्वन्धी अनुसन्धानमा प्रयोग गरिने ‘लैला’ नामको कुकुर समेतको सहयोगमा उनलाई पक्राउ गरेको हो।

शुक्रबार राति राईकी आमा बिरामी भई झारफुकका लागि छिमेकीको घरमा सपरिवार गएको अवस्थामा घर रुङ्न बसेकी ती बालिका र चटपटे किन्न किशोरबीच चटपटेकै निहुमा विवाद हुँदा हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको सुनसरी प्रहरीले जनाएको छ।

पक्राउ परेका किशोरलाई जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद लिई थप अनुसन्धानसुरु गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .