पाल्पामा पहिरोमा पुरिएका एक व्यक्तिको शव २७ दिनपछि फेला परेको छ।
पाल्पाको रम्भा गाउँपालिका ३ शिखरडाँडाका ३३ वर्षीय राजकुमार थापा मगरको शव आइतबार साँझ फेला परेको हो।
पाल्पाका प्रहरी प्रवक्ता डीएसपी मदन गिरीका अनुसार भदौ १५ गते हिउँसो साढे १२ बजे दाउरा लिन जंगल गएका मगर पहिरोमा बेपत्ता भएका थिए। जंगलमा अचानक आएको पहिरोले पुरेको आशंकामा सुरक्षाकर्मीले खोजि गरिरहेको थियो।
स्थानीयबासी, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी मगरको शव खोजिमा खटिएका थिए।
3
Shares
प्रतिक्रिया