ad ad

समाज


सम्झनाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवकविरुद्ध अर्की बालिका बलात्कारको पनि जाहेरी

सम्झनाको बलात्कार र हत्या आरोपमा पक्राउ परेका युवकविरुद्ध अर्की बालिका बलात्कारको पनि जाहेरी

नेपालखबर
असोज ११, २०७७ आइतबार १२:२९,

बझाङमा १२ वर्षीया बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरेको अभियोगमा पक्राउ परेका युवकविरुद्ध अर्को पनि बलात्कारको जाहेरी परेको छ।

गत साउनमा स्थानीय १३ वर्षीया बालिकामाथि पनि ती युवकले बलात्कार गरेको भन्दै आइतबार प्रहरीमा जाहेरी परेका हो।

मस्टा गाउँपालिका २ खिकालाकी सम्झानाको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले स्थानीय १८ वर्षीय राजेन्द्र बोहोरालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। उक्त घटना अनुसन्धान भइरहेकै बेला बोहोराले त्यसअघि नै अर्की बालिकालाई पनि बलात्कार गरेको भन्दे जाहेरी परेको हो।

उनीमाथि गत साउन २९ गते गहुँ पिसाउन घट्टामा गएकी बालिकालाई पनि बालात्कार गरेको आरोप छ। पीडित बालिकाका आफन्तले जाहेरी दिएपछि यो घटनामा पनि अनुसन्धान सुरु गरिएको बझाङ प्रहरीले जनाएको छ।

यता सम्झनाको बलात्कार र हत्यामा भने राजेन्द्रको संलग्नता पुष्टि हुँदै गएको प्रहरीको भनाइ छ। बालिकाको बलात्कारपछि हत्या भएको पोस्टमार्टम रिपोर्टबाट पुष्टि भइसकेको छ। तर, मृतक बालिकाको स्वाब र पक्राउ परेका युवकको विर्य परीक्षणको रिपोर्ट आइसकेको छैन।

घटना अनुसन्धानका लागि शनिबार जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले स्थानीयसँग पनि बयान लिएको छ। जिल्ला प्रहरी प्रमुख डीएसपी रूपक खड्का, प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्की र निमित्त जिल्ला न्यायाधिवक्ता सन्तोषकुमार कटुवालसहितको टोली शनिबार घटनास्थल पुगेको हो।

घटना भएको दिन राजेन्द्र बालिकाको पछि–पछि जाँदै गरेको देखेको स्थानीयले बताएका छन्। त्यसअघि राजेन्द्रले बालिकासँग सुनका गहना मागेको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको थियो।

राजेन्द्रले आफूसँग गहना माग्ने गरेको भन्दै बालिकालाई परिवारलाई सुनाएकी थिइन्। उनका हजुरबुबाले राजेन्द्रविरुद्ध किटानी जाहेरी दिएका थिए।

हालसम्मको अनुसन्धानबाट उनको संलग्नता पुष्टि हुँदै गएको अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले बताए। उनले भने, ‘हालसम्मका प्रमाणले उनको संलग्नता पुष्टि हुँदै गएको छ, केही परीक्षणका रिपोर्ट आउन बाँकी छ।’ पोस्टमार्टम रिपोर्ट भने जिल्ला अस्पतालले शनिबार प्रहरीलाई बुझाइसकेको छ।

गत बुधबार वस्तु बाँध्न घरभन्दा आधाघण्टा टाढा रहेको गोठमा गएकी सम्झना नफर्किएपछि परिवार र स्थानीयले खोजी गरेका थिए। त्यस क्रममा गोठ नजिकैको मन्दिरमा उनको शव फेला परेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .