ad ad

समाज


तिलोत्तमाका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

तिलोत्तमाका दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

प्रकाश न्यौपाने
असोज ६, २०७७ मंगलबार १२:५०,

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १ र ३ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गरी संचालनमा ल्याइएको छ। मंगलबारबाट दुई वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आएका हुन्। यो सँगै नगरपालिकामा एउटा आयुर्वेद औषधालयसहित सरकारी स्वास्थ्य संस्थाको संख्या १३ पुगेको छ।

वडा नं. १ को शिव चोक र वडा नं. ३ को सीमानगरमा स्थापना भएको आधारभूत स्वास्थ्य केन्द्रको नगर प्रमुख बासुदेव घिमिरेले उद्घाटन गरे।

नगरपालिकाले केही दिनमै वडा नं. ९ र १२ मा पनि स्वास्थ्य केन्द्र स्थापना गरी सेवा प्रवाह सुरु गर्ने जनाएको छ। हरेक वडामा कम्तिमा एउटा सरकारी स्वास्थ्य संस्था पुर्याउने नीतिअनुसार तिलोत्तमामा स्वास्थ्य चौकी नभएका वडाहरुमा आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको कामलाई तीव्रता दिइएको घिमिरेले बताए।

हालसम्म तिलोत्तमाका वडा नं. १, २, ३, ४, ६, ७, ८, १०, ११, १४, १६ र १७ मा सरकारी स्वास्थ्य संस्थाहरु सञ्चालनमा छन्। आधारभूत स्वास्थ्य सेवा जनताको घरदैलोमै पुर्याउने सरकारी नीतिअनुरुप हरेक वडामा आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा आउन थालेका हुन्। नगर प्रमुख बासुदेव घिमिरेले पछिल्लो समय तिलोत्तमाका सरकारी स्वास्थ्य संस्थामा धेरै परिवर्तन आएको बताउँदै गुणस्तरीय सेवा पाउने विश्वस्त रहन आग्रह गरे।

आधारभूत स्वास्थ्य केन्द्रमा सामान्य उपचार, परिवार नियोजन, पोषण तथा एकीकृत बालरोग व्यवस्थापन, गर्भवती जाँच तथा सुत्केरी जाँच, खोपलगायतका सेवाहरु उपलब्ध छन्। केन्द्रमा पारामेडिक्सको नेतृत्वमा स्वास्थ्यकर्मीहरु कार्यरत छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .