नेपालगन्जबाट काठमाडौं उत्रिने बित्तिकै प्रहरीद्वारा जवर्जस्ती राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएका डा. गोबिन्द केसी केही बेरमा डिस्चार्ज हुने भएका छन्।
डा. केसी अहिले साँझ सवा ६ बजे डिर्चाज हुने उनका सहयोगी प्रितम सुवेदीले बताए।
‘डा केसी अहिले सवा ६ बजे स्वेच्छाले डिस्चार्ज हुँदै हुनुहुन्छ’ केसीको अनसनमा सहयोग गर्दै आएका सुवेदीले भने।
आमरण अनसनमा रहेका केसीलाई बुद्ध एयरको नियमित उडानबाट काठमाडौं आउनासाथ एम्बुलेन्समा हालेर ट्राम सेन्टर पुर्याइएको थियो। केसी टिचिङ अस्पताल महाराजगञ्जमा भर्ना हुन चाहेका थिए।
जुम्लामा अनसन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि प्रशासनले कर्णाली विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना गरेको थियो। त्यसपछि नेपालगन्ज आएका उनलाई भेरी अस्पतालमा भर्ना गरिएको थियो।
Shares
प्रतिक्रिया