ad ad

समाज


चीनमा जनगणना गर्न ७० लाख गणक परिचालन गरिने

चीनमा जनगणना गर्न ७० लाख गणक परिचालन गरिने

नेपालखबर
असोज ५, २०७७ सोमबार १०:३६,

महामारीको भयका बीच सवा अर्ब मानिसको गिन्ती कसरी गर्ने? चीन यसको जवाफ खोज्दैछ।

नोभेम्बर १ बाट विश्वको सबैभन्दा बढी जनसंख्या भएको यो मुलुकले आफ्नो सातौँ जनगणना सुरु गर्दैछ।

सरकारी सञ्चारमाध्यमका अनुसार जनगणनाका लागि ७० लाख गणक परिचालन हुनेछन्। जसले देशभरका कुनाकाप्चा पुगेर मानिसहरुको नाम, परिचय नम्बर, लिंग, वैवाहिक अवस्था, शिक्षा र पेसासँग सम्बन्धित सूचना संकलन गर्नेछन्।

चीनले हरेक १० वर्षमा जनगणना गर्नेगर्छ। अघिल्लो जनगणनामा चीनको जनसंख्या १.३७ अर्ब थियो।

चीनमा युवाहरुको संख्या घट्दो दरमा रहेको भन्दै विज्ञहरुले चिन्ता प्रकट गर्ने गरेका छन्। जहाँ जनसंख्याका १८ प्रतिशत ६० वर्षभन्दा माथिका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .