ad ad

समाज


शान्तिवार्ता जारी रहँदै अफगानिस्तानमा तालिबानको आक्रमण, चार प्रहरीसहित २१ को मृत्यु

शान्तिवार्ता जारी रहँदै अफगानिस्तानमा तालिबानको आक्रमण, चार प्रहरीसहित २१ को मृत्यु

नेपालखबर
असोज ४, २०७७ आइतबार ७:१४,

तालिबानी सशस्त्र लडाकूहरुले गरेको सो हमलामा परी २१ जनाको ज्यान गएको अधिकारीहरुले जानकारी दिएका छन्।

उत्तरी अफगानिस्तानको सुहादा र खास जिल्लाका कैयौँ स्थानहरुमा उनीहरुले हमला गरेका हुन्। ती हमलाहरुमा परी १७ जना तालिबानी लडाकूहरु नै मारिएका बताइएको छ।

त्यसमा परी चार जना प्रहरी पनि मारिएका छन्। आइतबार बिहान ती दुई जिल्लाका सहरमा उनीहरुले हमला गरेका बताइएको छ।

सुनियोजित रुपमा एकै पटक ती सहरमा हमला गरिएको अधिकारीहरुले जनाएका छन्। हमलाका क्रममा चार जना प्रहरी पनि मारिएका उनीहरुको भनाई छ।

सुहादा जिल्लाका सहरमा १० जना र खास जिल्लाको एक सहरमा अरु सात जना मारिएका बताइएको छ। उनीहरुले सुरक्षा जाँच चौकीमा आक्रमण गरेका थिए।

यस क्रममा १० जना तालिबान लडाकू र अरु सात जना प्रहरी घाइते भएका बताइएको छ।

हालैमात्र अफगान सरकार र त्यहाँका ताबिलानहरुबीच कतारको राजधानी दोहामा शान्ति वार्ता शुरु भएको छ।

तर पनि उता वार्ता जारी नै रहेका बेला यता तालिबानहरुले भने आक्रमण शुरु गरेका छन्।

तर पनि यस विषयमा तालिबानी समूहका तर्फबाट भने कुनै पनि प्रतिक्रिया आएको छैन। रासस/सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .