ad ad

समाज


नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक सैनिकको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट पहिलोपटक सैनिकको मृत्यु

नेपालखबर
असोज ४, २०७७ आइतबार ६:२८,

नेपाली सेनाका एक जवानको कोरोना संक्रमणबाट ज्यान गएको छ।

सैनिक प्रवक्ता सन्तोषवल्लव पौडेलका अनुसार लामो समयदेखि ब्लड क्यान्सरको बिरामीसमेत रहेका रामेछाप घर भएका सैनिकको भदौ २९ गते ज्यान गएको हो।

उनको मृत्युपछि असोज १ गते आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण देखिएको प्रवक्ता पौडेलले बताए। कोरोना संक्रमणका कारण ज्यान गुमाउने उनी एक मात्रै सैनिक हुन्।

नेपाली सेनाका २ हजार ५६ जनालाई कोरोना संक्रमण भइसकेको छ। ती मध्ये ४ सय १ जना निको भइसकेका र १ हजार ६ सय ५४ जना आइसोलेसनमा रहेको सेनाले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .