ad ad

समाज


सुरक्षासम्बन्धी सूचनाका लागि भारतीय पत्रकारलाई पैसा दिँदै गर्दा दिल्लीमा चिनियाँ महिला र नेपाली पक्राउ

सुरक्षासम्बन्धी सूचनाका लागि भारतीय पत्रकारलाई पैसा दिँदै गर्दा दिल्लीमा चिनियाँ महिला र नेपाली पक्राउ

नेपालखबर
असोज ३, २०७७ शनिबार १०:१५,

भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयका सूचना ठूलो रकम लिएर चिनियाँ पक्षलाई दिएको आरोपमा नयाँ दिल्लीमा राजीव शर्मा नामका एक जना पत्रकार पक्राउ परेका छन्।

स्वतन्त्र पत्रकार बताउने शर्मालाई सूचना उपलब्ध गराएबापत ठूलो मात्रामा रकम दिने क्रममा चिनियाँ महिला चिङ सी र उनका नेपाली सहयोगी शेर सिंह पनि पक्राउ परेको दिल्ली प्रहरीलाई उधृत गर्दै भारतीय सञ्चार माध्यमले शनिबार जनाएका छन्।

पक्राउ परेका शेर सिंह नामका नेपाली व्यक्ति चिनियाँ महिलाको सहयोगी भएको इन्डियन एक्सप्रेसले जनाए पनि उनीबारे विस्तृत खुलेको छैन। 

दिल्ली प्रहरीले दिएको जानकारी अनुसार सुरक्षा रणनीतिका विषयमा लेख्ने पत्रकार राजीव शर्माले चिनियाँ गुप्तचरहरुलाई भारतको राष्ट्रिय सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना दिए बापत् मोटो रकम प्राप्त गर्दै थिए।

नेपाली नागरिक सिंह शर्मालाई पैसा दिने जिम्मेवारी पाएकी चिनियाँ महिलाको सहयोगी रहेको प्रहरीले दाबी गरेको इन्डियन एक्सप्रेसले जनाएको छ।

सेप्टेम्बर १४ मा पक्राउ परेका उनीहरूलाई थुनामा राखेर अनुसन्धान भइरहेको दिल्ली प्रहरीले शुक्रबार जनाएको छ। उनीहरुको साथबाट धेरैवटा ल्यापटप, मोबाइल फोनहरु बरामद गरिएको बताइएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .