ad ad

समाज


ट्रम्प भन्छन्ः ७ महिनाभित्र सबै अमेरिकीले कोरोनाविरुद्धको खोप पाउनेछन्

ट्रम्प भन्छन्ः ७ महिनाभित्र सबै अमेरिकीले कोरोनाविरुद्धको खोप पाउनेछन्

नेपालखबर
असोज ३, २०७७ शनिबार ७:५७,

ट्रम्पले भनेका छन्,‘मेरो प्रशासनले यो खोप निर्माणको काम निकै द्रुत गतिमा गरेको छ र मलाई लाग्छ आगामी वर्ष सन् २०२१ को अप्रिलसम्ममा यो खोप तयार हुनेछ।’

७ महिना भित्र खोप तयार हुनासाथै सबै अमेरिकी नागरिकलाई लगाइने पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले जानकारी दिए। उनले खोप हरेक महिनामा दशौँ लाख वटा उत्पादन हुने भएकोले सबै अमेरिकी नागरिकलाई केही महिनामा नै खोप लगाउन सकिने पनि बताए।

शुक्रबार आयोजना गरिएको प्रेस ब्रिफिङका क्रममा उनले सो कुरा बताएका हुन्। अमेरिकाका वरिष्ठ बैज्ञानिक र चिकित्सकहरु बिगतदेखि नै यस कार्यमा लागिराखेको पनि बताइएको छ।

ट्रम्प भन्छन्,‘अमेरिकाका वरिष्ठ चिकित्सक र वैज्ञानिकहरु यो खोप आविष्कारको काममा लागेका छन् र उनीहरुले यो खोपको परीक्षण पनि अन्तिम चरणमा पुगेको बताएका छन्।’

अमेरिका विश्वमा नै कोरोना भाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित भएको देश हो। यहाँ अहिलेसम्म ६७ लाखभन्दा बढी सङ्क्रमित भेटिएका छन्।

त्यस्तै अमेरिकामा विश्वमै सबैभन्दा बढीको यस संक्रमणबाट ज्यान गएको छ। शुक्रबारसम्म यहाँका १ लाख ९८ हजार भन्दा बढी नागरिकको यो संक्रमणबाट नै ज्यान गएको छ। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .