उदयपुरमा बोल्न नसक्ने एक महिलामाथि बलात्कार भएको छ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मंगलबार त्रियुगा नगरपालिकाकी २० वर्षीया महिलामाथि घरमै बलात्कार भएको हो।
घटनामा संलग्न भएको आरोपमा पुरानो गाइघाटका ४३ वर्षीय सूर्य विश्वकर्मालाई प्रहरीले पक्राउ गरेको छ। विश्वकर्माले मंगलबार दिउँसो ती महिलाको कोठामै गएर बलात्कार गरेको प्रहरीको अभियोग छ।
उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया