कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा मुछिएका प्रहरी जवान रोकायालाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झिकाउने काम भइरहेको बताए। यही भदौ १४ गतेदेखि बेपत्ता १६ वर्षीया किशोरी पाँच दिनपछि फेला परेको प्रहरीले जनाएको छ।
‘किशोरीलाई यही भदौ १९ गते फेला पारेर सोधपुछ गर्दा केही नबताएपछि उनलाई आफन्तको जिम्मा लगाइएको थियो’, प्रवक्ता थापाले भने, ‘पछि जबर्जस्तीकरणमा मुद्दा ल्याएपछि सोहीअनुसार अनुसन्धान अघि बढेको छ।’ उनका अनुसार किशोरीले आफूलाई पाँच÷छ जनाको युवा समूहले बन्धक बनाएर बलात्कार गरेको बताएकी छन्।
किशोरीको उजुरीका आधारमा बेल्डाँडीका २८ वर्षीय मनमोहनसिंह साउद पक्राउ परेको र अन्यको खोजी जारी रहेको प्रहरीले जनाएको छ। सामूहिक बलात्कृत भएकी युवतीको मेडिकल जाँचपछि सेफहाउसमा राखिएको छ। रासस
प्रतिक्रिया