ad ad

समाज


भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जना पक्राउ

भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जना पक्राउ

नेपालखबर
भदौ २३, २०७७ मंगलबार ८:१८,

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले मंगलबार भक्तपुरको सल्लाघारीबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।

 वीरगञ्जबाट ठूलो परिमाणमा लागुऔषध काठमाडौँ भित्र्याउँदै गरेको प्राप्त सूचनाका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाबाट खटिएको टोलीले ना३ख ९८९ नम्बरको ट्रकमा लुकाईछिपाई ल्याइरहेको अवस्थामा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको महाशाखाले जनाएको छ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसेका ३७ वर्षीय डम्बरबहादुर प्रधान र ३६ वर्षीय विष्णु प्रधान रहेका छन्। उनीहरुको साथबाट ९ हजार ३०० थान डाइजेपाम इन्जेक्सन र तीन हजार ६०० थान नाइट्रोजेपाम बरामद गरेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .