ad ad

समाज


बाघको छाला र हड्डीसहित २ जना पक्राउ

बाघको छाला र हड्डीसहित २ जना पक्राउ

नेपालखबर
भदौ २२, २०७७ सोमबार ८:४,

बझाङमा बाघको छालासहित दुई जना पक्राउ परेका छन्।

बुङगल नगरपालिका ३ विजगडाबाट २ थान बाघको छाला र करिब ९ किलो हड्डीसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा बुङगल नगरपालिका ६ बड्डीज्याबनका २७ वर्षीय हरजित बोहरा र २३ वर्षीय बिरेन्द्र बोहरा रहेका छन्।

सुदुरपश्चिम प्रदेश प्रहरी अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले विजगडाबाट बागथलातर्फ भारी बोकेर पैदल हिँडिरहेका उनीहरुलाई चेकजाँच गर्दा उक्त छाला र हड्डी फेला पारेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान थालेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .