ad ad

समाज


ललितपुरमा ट्राफिक प्रहरी कुट्ने १६ अभियुक्तमध्ये २ जनामा देखियाे कोरोना

ललितपुरमा ट्राफिक प्रहरी कुट्ने १६ अभियुक्तमध्ये २ जनामा देखियाे कोरोना

नेपालखबर
भदौ २२, २०७७ सोमबार ४:३०,

गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने विषयमा भएकाे झडपमा ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका १६ जनामध्ये दुई जनालाई कोरोना संक्रमण भएको पाइएको छ।

पक्राउ परेका सोह्रै जनाको स्वाब संकलन गरी पीसीआर परीक्षण गराएकामा दुई जनामा कोरोना भाइरस रहेको पुष्टि भएको ललितपुर महानगरीय प्रहरी परिसर स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

परिसरका प्रमुख, एसएसपी टेकबहादुर राईका अनुसार अहिले पक्राउ परेका मानिसलाई पहिलेदेखि नै क्वारेन्टिन (अलग-अलग) मा राखिन्छ र स्वाब संकलन गरी पीसीआर परीक्षण गराइन्छ। त्यसको रिपोर्ट आएपछि मात्र उनीहरूलाई म्याद थपका लागि लगिन्छ। 

यसै क्रममा दुई अभियुक्तमा कोरोना पुष्टि भएको परिसर स्राेतले जनाएकाे छ।

गत बिहीबार पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो। त्यस क्रममा ट्राफिक प्रहरी जवान कमल घिमिरेलाई निर्घात कुटपिट गरिएकाे थियाे।

घटनामा संलग्न १६ जनालाई अहिले परिसरको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेकाे एसएसपी राईले जानकारी दिए।

त्यस दिन झडप नियन्त्रणका लागि खटिएका १८ प्रहरीलाई समेत यसअघि नै कोरोना संक्रमण पुष्टि भइसकेकाे छ। 

झडपपछि स्थानीय प्रशासन र स्थानीयबीच छलफल गरी भएकाे सहमति अनुसार भाैतिक दूरी र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर आइतबार रथ तान्ने कार्यक्रम सम्पन्न गरिएकाे छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .