ad ad

समाज


रुसको खोपले दियो सकारात्मक परिणाम, परीक्षण गरिएकामा प्रतिरोधात्मक क्षमता विकास

रुसको खोपले दियो सकारात्मक परिणाम, परीक्षण गरिएकामा प्रतिरोधात्मक क्षमता विकास

नेपालखबर
भदौ २०, २०७७ शनिबार ९:५५,

वैज्ञानिकहरूले कोरोना भाइरसविरुद्धको खोपको परीक्षणबाट मानिसमा भाइरसविरुद्ध लड्ने प्रणालीको विकास भएको जनाएका छन्।

मेडिकल जर्नल द लान्सेटमा प्रकाशित रुसको खोपको पहिलो प्रतिवेदनमा खोप परीक्षणमा सहभागी सबैमा भाइरसविरुद्ध लड्ने प्रतिरोधात्मक प्रणालीको विकास भएको र कुनै गम्भीर साइड इफेक्ट नभएको उल्लेख गरिएको बीबीसीले जनाएको छ।

खोपको बारेमा वैज्ञानिक नतिजा प्रकाशित हुनुअघि नै अगस्ट महिनामा स्थानीय रूपमा रुसले उक्त खोप प्रयोग गर्न अनुमति दिएको थियो।

स्पुतनिक पाँच नाम दिइएको उक्त खोपको दुईवटा परीक्षण गत जुन र जुलाई महिनाको बीचमा गरिएको जर्नलमा उल्लेख छ।

मुख्य परीक्षण नगरी रुसले कोरोनाको खोपलाई अनुमति दिएको भन्दै यसअघि रुसको आलोचना भएको थियो।

रुसले भने आफ्नो खोपमा विश्वास नहुनेले आफैंले बनाउन चुनौती दिएको थियो।

ल्यानसेट जर्नलका अनुसार तेस्रो चरणको परीक्षण ४० हजार व्यक्तिहरुमा गरिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .