अमेरिकाको वासिङटन विश्वविद्यालयको स्वास्थ्य संस्थानले आउने जनवरीसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या चार लाख नाघ्ने अनुमान गरेको छ।
यो भनेको कोरोना संक्रमणका कारण अहिलेसम्म मृत्यु भएका मानिसको संख्याको २ गुणाभन्दा बढी हो।
नेपाली समय शनिबार बिहान ६:३९ बजेसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ९२ हजार ४४ पुगेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ।
उक्त संस्थानले आउने डिसेम्बरमा अमेरिकामा कोरोनाले हरेक दिन तीन हजारभन्दा बढी मानिसको मृत्यु हुने अनुमान गरेको छ।
न्युज एजेन्सी रोयटर्सका अनुसार मास्क लगाउने नियमलाई गम्भीरपूर्वक लिने हो भने अमेरिकामा कोरोनाबाट हुने मृत्यु दर ३० प्रतिशतसम्म घटाउन सकिन्छ। तर अमेरिकामा एउटा ठूलो वर्ग छ, जसले मास्कको विरोध गर्छ। स्राेत : बीबीसी
प्रतिक्रिया